तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड परेका छ ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ । वर्षौंपिच्छे असार महीनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्ड भन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहान पुरिने गरेका छन् ।
यस वर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन् । अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गरेको छ । कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ ।
प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था गरिएको छ । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीलाई नै लक्षित गरेर कुण्ड भित्रै नुहाउने व्यवस्था मिलाइएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले म्याग्दीखोलाको किनारमा रहेका दुईवटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताए ।
उनले कुण्ड व्यवस्थापन समितिको तर्फबाट भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताए । तातोपानी कुण्डमा हाल दैनिक १०० देखि १५० सम्म बिरामीले स्नान गर्दै आइरहेका छन् । दैनिक झण्डै १५ जना नयाँ बिरामी थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ ।
तातोपानी कुण्डमा स्नान गरेपछि ग्याष्ट्रिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रहेको छ ।
प्रतिकारात्मक चिन्ह
सम्बन्धित खबर
म्याग्दीमा बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध