नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुइतिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भनेको दुइतिहाईकै हस्तक्षेप भएको बताए ।

उनले भने, दुइतिहाई देखाएर अदालतलाई तर्साउने, दुइतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको । एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ? उनले प्रश्न गरे, सरकार किन ठूला माछा समाउन सक्दैन ? एनसेल र वाईडबडीमा भएको भ्रष्टाचारमा अख्तियार परेको छ । साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैन । सरकारको काम कारबाहीबाट जनता असन्तुष्टि छन् । यसैले पनि सरकार पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए ।

उनले भने, सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपना अनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ । ‘सरकारले सामान्य काम पनि गर्न सक्दैन । देशमा डेंगुको महामारी छ, तर नियन्त्रण गर्ने क्षमता सरकारमा छैन,’ पौडेलले भने । सरकारको काम कारबाहीले संविधानको मर्मलाई आघात पु¥याउने काम भएको समेत उनले आरोप लगाए ।
उनले वीपीले देखाएको बाटो अंगिकार गरेमात्र काँग्रेसका सपना पूरा हुने बताए । उनले वीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिष्ट देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको बताए । उनले भने, आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेकेका छन् । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीले दिएको उम्मेदवारलाई भोट हाल्न काँग्रेसलाई निर्देशन दिए । उनले काँग्रेस हुँ भन्नेले रुखमा भोट दिए जित सुनिश्चित हुने बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले जागरण अभियानबाट काँग्रेस एक ढिक्का भएको सन्देश जाने बताइन् । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले वीपीको समाजवादले मात्र देशको समृद्ध हुने बताए ।
काँग्रेस नेता एव प्रदेश सांसद बिन्दुकुमार थापाले कम्युनिष्टले सत्ताको दुरुपयोग गरेकै कारण जनता जागरुक भएको दाबी गरे । काँग्रेस क्षेत्र नं २ क्षेत्रीय सभापति माधव बास्तोला मधुले काँग्रेसको उपनिर्वाचन लक्षित गरेर काँग्रेस जागरण अभियानमा जनतामाझ जाने बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठ, ध्रव वाग्लेले पार्टी एक ढिक्का बनाउन जागरण अभियालने भूमिका खेल्ने बताए । काँग्रेस कास्की क्षेत्र २ (क) का सभापति विजयराज आचार्य, वडा इकाइ सदस्य मुनाकुमारी बास्तोला, क्षेत्र २ ख का सभापति दीपेन्द्र मर्सानी, क्षेत्रीय सचिव शंकर बास्तोला लगायत बोलेका थिए । यसैबीच, पोखरा ९ स्थित वीपी बाटिकामा नेता पौडेलले वृक्षरोपण गरे । सो अवसरमा विभिन्न जातका करिब डेढ सयभन्दा बढी बिरुवा रोपिएको छ ।यसैबीच, काँग्रेस कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पनि जागरण अभियान सुरु गरेको जनाएको छ । योसँगै भोलिदेखि वडा इकाइसम्म जागरण अभियान जारी रहने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु