पोखरा महानगरपालिका १६ भलाम स्थित झोलुङ्गे पुल तल आइतबार एक पुरुषको शव फेला परेको छ । सुर्खेत लेतेबेशि नगरपालिका २ घर भई हाल पोखरा महानगरपालिका २० तल्लोदिप बस्ने ४५ वर्षका अमर सिंजाली मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थाहा हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
मझेरीपाटनमा दुर्घटनाः
पोखरा महानगरपालिका १४ मझेरीपाटन स्थित ग ९ प ४४५६ नंम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा स्कुटर चालक सोही स्थानका वर्ष २० को शिशिर गुरुङ सहित पैदल यात्री वर्ष ८५ की रेवती रानाभाट घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
तनहुँको हलेदीमा स्कुटर दुर्घटनाः
शुक्लागण्डकी नगरपालिका २ हलेदी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ जाने क्रममा ग १५ प २१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टनजादाँ स्कुटर चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका(४ दुलेगौडा बस्ने अंन्दाजीवर्ष ३५ को बिलास परियार घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याइएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो