पोखरामा सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउने बित्तिकै यसरी गुम्छ आँखाको ज्योति

पोखरामा सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउने बित्तिकै यसरी गुम्छ आँखाको ज्योति

seto-

पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका छन् ।

यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्रमान महर्जनले बताए ।

विशेषगरी साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै घातक हुने चिकित्सक बताउँछन् । यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

उनका अनुसार यो सेतो पुतली उड्दै गर्दा मानव आँखामा ठोकिएमा वा यसका रौँ कुनै कारणवश आँखामा परेमा रोग लाग्न सक्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ