धादिङ–पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी र सचिव हरि पन्त सम्मानित

सम्मान

धादिङ–पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी र सचिव हरि पन्त सम्मानित

Ranjan samman 2

पोखरा । धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी र सचिव हरि पन्त पोखरामा छुट्टाछुट्टै संस्थाबाट सम्मानित भएका छन् ।

अध्यक्ष अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट र सचिव पन्त ‘हाम्रो सहयोगी सहकारी पत्रकारिता पुरस्कार २०७६’ बाट सम्मानित भएका हुन् ।

अधिकारीलाई नगद २५ हजार सहित सम्मान गरेको हो । यस्तै, पोखराको पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सचिव पन्तलाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरेको हो ।

गण्डकी प्रदेशकै अग्रणी रेडियो बिग एफएमका स्टेशन म्यानेजर एवं गण्डकी प्रदेशकै अग्रणी अनलाइन गण्डकन्यूज डटकमका संस्थापक सम्पादक अधिकारी बिगत ११ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष पनि हुन् ।

२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका थिए ।

५ वर्ष आदर्श समाज दैनिकका साथै गण्डक न्यूजडटकम, गोलनेपाल डटकम, कास्की आवाज दैनिकमा समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।

पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।

यस्तै, समाजका सचिव पन्त नेपालदूत अनलाईनका कार्यकारी सम्पादक हुन् । पोखरामा रहेर डेढ दशकदेखि पत्रकारितामा सक्रिय पन्त पोखरा आवाज दैनिकमा समेत कार्यरत छन् ।

पन्तले राजधानी, नेपाल समाचारपत्र सहित हिमदुत, पोखरा हटलाइन, गोल्डेन न्यूज, ज्योतिष भविष्यवाणीमा अनुभव लिइसकेका छन् । उनले लायन्स पत्रकारिता पुरस्कार, पिस चौतारी लायन्स पत्रकारिता पुरस्कार, अर्पण लायन्स पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तनहूँको दमौली एफएमद्वारा सम्मानित, सत्यवाणी साप्ताहिकबाट सम्मानित भएका छन् ।

हाम्रो सहयोगीद्वारा सामाजिक सुरक्षा कोष सञ्चालन

सामाजिक सुरक्षा सेवा कोष सञ्चालन गरेको छ । सहकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उक्त कोष सञ्चालन गरेको हो । कोषको घोषणा शनिबार गरिएको छ । सहकारीले आफ्नो १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कोष घोषणा गरेका हुन् । कोषको रकम ३ लाख ५१ हजार १ सय ११ रहेको छ । उक्त कोषमा प्रत्येक सदस्यबाट दैनिक १ रुपैयाँ जम्मा गरिनेछ ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीले राज्यको नीति नियम पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे । सहकारीले समेत अरवौं रकम कारोबार गर्न र व्यवस्थित ढंगले सञ्चालन गर्नैका लागि सहकारीबीच मर्जको नीति ल्याउन लागिएको बताए । मन्त्री थापाले सहकारीलाई ग्रामिण क्षेत्रमा केन्द्रित गर्नुपर्ने भन्दै ग्रामिण क्षेत्रमा जाने सहकारीलाई विशेष प्रोत्साहन गर्ने बताए ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसभा सदस्य कृष्ण थापाले सहकारीलाई सशक्त ढंगले सञ्चालन गर्न सके मुलुकको समृद्धिको बाहक सहकारी हुने बताए । सहकारीका निवर्तमान अध्यक्ष किशान सुनारले सहकारीले अवलम्वन गरेका बाटा र लिएका नीति निकै महत्वपूर्ण भएको भन्दै राज्यले सहकारीलाई पनि विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए । 

संस्थाका अध्यक्ष शिव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, कैलाश सहकारीका अध्यक्ष शिव अधिकारी, सहकारीकी उपाध्यक्ष राधिका शाही योगी, सचिव नवीन किरण भुषाल, कोषाध्यक्ष दीपेन्द्र आचार्य, शिक्षा समिति संयोजक लालबहादुर गुरुङ लगायतले बोलेका थिए ।

यसैगरी, उत्कृष्ट कर्मचारी जीवन अधिकारी, बजार प्रतिनिधि सुरक्षा सापकोटा, उत्कृष्ट तथा असल कारोबारीहरू विष्णुबहादुर सुनार, लिलाबहादुर जिसी, गंगाकुमारी कंडेल, सन्तबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

साथै, रामज्योति विद्यालयमा अध्ययनरत प्रीतम विक र प्रीष्का गुरुङलाई छात्रवृत्ति प्रदान एवं एसइई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू प्रशान्तराज अर्याल, गौरव पौडेल, विजयराज पौडेल, निरुषा गौडेल, रुपेश सापकोटा, सुष्मा पोखरेल, शिशिरराज कोइरालालाई पनि सम्मान गरिएएको थियो ।

७ सय ६० जना शेयर सदस्य रहेको सहकारीको कुलपुँजी ६ करोड ६५ लाख, निक्षेप संकलन १२ करोड ५७ लाख र १९ करोड ८४ लाख ऋण लगानी गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ