पोखरा । पोखरा १४ चाउथे स्थित खसीबजार चोकमा रहेका तीन पसलमा चोरी भएको छ । असारदेखि भदौसम्म ३ महिनामा सँगै रहेका पसलहरु चोरी हुँदा पनि प्रहरीले सुरक्षाका लागि वास्ता नगरेको पीडितहरुको गुनासो छ ।
पहिलो पटक असारमा अर्जुन बास्तोलाले सञ्चालन गरेको पोखरा मोबाइल हाउसमा चोरी भयो । त्यसको २५ दिनपछि दिनेश केसीको उषा वाइन शपमा चोरी भएको र भदौ १९ गते नवराज अधिकारीको मनकान्छी फेन्सी सप्लायर्समा चोर पसेर सामानहरु लग्दा समेत प्रहरीले सुरक्षा दिन नसकेको तिनै जना पीडितले दुःखेसो पोखे । राति १ बजेदेखि ३ बजेभित्र एउटै घरको ३ सटरमा चोरी भईसकेको छ । चोरी हुन बाँकी पूजा पसल मात्र छ ।
चाउथेको पुलिस बिट भन्दा ५०० मिटर नजिकै रहेको सो स्थानमा महिनैपिच्छे एउटै घरका सटरमा चोरी भएको । यस विषयमा वडा प्रहरी कार्यालय रामबजारमा २ पटक निवेदन दिइसकेको जानकारी गराउँदै उषा वाइन शप सञ्चालक केसीले प्रहरी इन्स्पेक्टरलाई समेत भन्दा पनि सुरक्षाका लागि वास्ता नभएको बताए ।
‘नजिकै प्रहरी बिट छ । यसरी चोरी भएको छ भनेर भन्यौं, हामीले चोरेका हौं र ? भन्छन् प्रहरीहरु । यस विषयमा प्रमुखलाई समेत भन्दा पनि सुरक्षा कडा बनाउँछु, यस एरियामा २ जना खटाउँछु भन्नुभयो तर ३ दिन भयो, छैन । ‘ – केसीले भने । वडा प्रहरी प्रमुखलाई जानकारी गराउँदा समेत एक पटक पनि चोरिएको पसलबारे बुझ्न र निरीक्षण गर्न नआएको पीडितहरुको गुनासो छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले भने बुझिसेको प्रतिक्रिया दिए । उनले भने सबै पसलहरुमा सामान्य चोरी हो, मुचुल्का नै उठाएर ल्याएको, किन नजानु ? सुरक्षामा प्रतिबद्ध छौं ।
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो