काठमाडौं : यस वर्ष डेङ्गु सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले सातै प्रदेशमा सङ्क्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित रु. छ करोड १७ लाख खर्च पठाइएको जानकारी दिए ।
शुक्रबार आयोजित ‘डेङ्गु सङ्क्रमण र रोकथाम’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि रु एक करोड ६६ लाख खर्च पठाइएको बताए। विशेषज्ञ डा. बाबुराम मरासिनीले शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायत लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुुझाव दिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्या परीक्षण गर्नुपर्छ। एडिज लामखुट्टेका कारण रोगको सङ्क्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताए ।
सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम