पोखरा । गण्डकी प्रदेश केन्द्रित रही पोखराबाट सञ्चालित ‘गण्डक न्यूज डटकम’ का सम्पादक रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी रेडियो बिग एफएम १०१.२ का स्टेशन म्यानेजरसमेत रहेका अधिकारीलाई शुक्रबार एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।
बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् ।
२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् । ५ वर्ष आदर्श समाज दैनिकका साथै गोलनेपाल डटकम, कास्की आवाज दैनिकमा समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।
पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार-२०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।
सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए । श्रमजीवि पत्रकारलाई यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे । मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने