सिंगापुरमा दुई साताको उपचारपछि फर्किए प्रधानमन्त्री

सिंगापुरमा दुई साताको उपचारपछि फर्किए प्रधानमन्त्री

PM_oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर स्वेदश फर्किएका छन्। शुक्रबार १२ बजे थाई एअरवेजको जहाजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनलाई स्वागत गर्न विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत पुगेका थिए।

मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो।विमानस्थलमा पुगेका पत्रकारसँग भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया जनाएनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds