किरण श्रेष्ठ, तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी भानुकी पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ ।
बिहिवार एक कार्यक्रमका बीच भानु नगरपालिका २ भकुन्थोककी पुष्पा अधिकारीको परिवारलाई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको तर्फबाट १० लाख रुपैयाँ राहत वितरण गरिएको हो ।
बालिका पुष्पा अधिकारीकी आमा दुर्गा अधिकारीलाई भानु नगरपालिकाको उपप्रमुख आशा थापा, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सयुक्त रुपमा राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।
गत जेठ २४ गते साझ ७ बजेको समयमा वर्ष ८ की अधिकारीलाई आफ्नै घरको आगानबाट चितुवाले लगेको थियो । बालिकालाई आगानबाट जंगलमा लगेको र मृत्यु भैसकेको अवस्था पछि फेला परेको थियो ।
चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाए
तनहुँको भानु नगरपालिका मै चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै भानुमै भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । मृत्यु हुनेको परिवार र घाइते लाई डिभिजन वन कार्यालय तनहुँले क्षतिपूर्ति दिईसकेको छ । अहिले पनि भानु नगरबासीमा चितुवाको त्रास रहेको छ ।
वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको उनले जानकारी दिए । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्देशिकामा उल्लेख छ ।
चितुवाको शिकार बन्यो ३० घरपालुवा जनावर
तनहुँमा गत आर्थिक वर्ष २०७५/७६ मा ३० वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । विभिन्न समय र स्थानमा चितुवाले ३० वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा पुर्याएको क्षति वापत कार्यालयले १ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते