काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरोको छ । शनिबार राति कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएकाे हो ।

कुवेतले पुरै खेल आफ्नो कब्जामा राखेको थियो । पहिलो हाफमा २-० गोलका अग्रता बनाएको कुवेतले दास्रो हाफमा ५ गोल थपेको थियो ।
जसमा खेलको छैटौं मिनेटमै कुवेतका युसुफ अल सलमानले पहिलो गोल गरेका थिए भने १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल गरेका थिए । त्यसैगरी खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको नौं मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट अर्को गोल गरेका थिए । यो खेलसँगै कुवेतले ४-० को अग्रता बनाउन सफल भयो ।
६७ औं मिनेटमा बदर अल मतवाले अर्काे गोल गरे । त्यसपछि इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप एक एक गोल गरेपछि नेपाल ७-० गोलको फराकिलो अंकमा पराजित हुन पुगेको हो । यसअघि यो खेल नेपालमै हुने भनिएतापनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै खेल्नु पर्ने बाध्यता सिर्जना भएको थियो । फिफा वरीयतामा कुवेत नेपालभन्दा १० माथि रहेको मुलुक हो ।

सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते