एटिएमबाट एकपटकमा २० हजार मात्र निकाल्न सकिने

एटिएमबाट एकपटकमा २० हजार मात्र निकाल्न सकिने

atm

काठमाडौं – नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ। चिनियाँ ह्याकरले एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।

अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्रमा यस्तो निर्णय भएको उल्लेख छ ।

यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो। प्रहरीले समयमै सूचना पाएपछि चिनियाँ ह्यकरहरुको समूहलाई पक्राउ गर्न सफल भएको थियो। अहिले पनि सो घट्ना बारे अनुसन्धान भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ