काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) अन्तर्गतका एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने भएको छ । नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ।
गत शनिबार एकाएक नेप्सको नेटवर्कभित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेटवर्कभित्रकै बैंकबाट पैसा चोरी भएपछि नेप्सले यो कदम चालेको हो । नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् ।
अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक छन्। नेप्सको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक आबद्ध छन्। त्यस्तै विकास बैंकमा देव:, ज्योति, ओम, शाइन रेसुङ्गा, सांग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक रहेका छन्।
सम्बन्धित खबर
सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढ्यो
सुनको मूल्य घट्यो
घट्यो सुनचाँदीको मूल्य
‘पोखरा एक्स्चेञ्च एण्ड टेस्ट ड्राइभ कार्निभल’ शुरू, ५ ब्राण्डका इभी गाडी फाइनान्स र इन्स्योरेन्स सुविधा
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
बढ्यो सुनचाँदीको मूल्य
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए