सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला रु ७३ हजार १०० निर्धारण

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला रु ७३ हजार १०० निर्धारण

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोवार भएको थियो । सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds