मनकामना मन्दिर जाने केवलकार आउँदो आइतबारदेखि ५ दिन बन्द हुने

मनकामना मन्दिर जाने केवलकार आउँदो आइतबारदेखि ५ दिन बन्द हुने

cablecar manakamana

गोरखा । गोरखाको धार्मिक स्थल मनकामना मन्दिर जाने केवलकार आउँदो आइतबारदेखि ५ दिन बन्द हुने भएको छ । केवलकारको मर्मत–सम्भारका लागि मनकामना दर्शन प्रालिले संचालन गरेको सो केवलकार भदौ २२ देखि २७ गतेसम्म ५ दिन बन्द हुने भएको हो ।

प्रालिले बिहीबार एक सूचना जारी गरी बुलह्विल लाइनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङ स्प्लिसिङलगायतको मर्मतका लागि ५ दिन बन्द रहने जनाएको छ ।

मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् । केवलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना जाने गर्दछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds