तनहुँ । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासङ्घ तनहुँले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्वोच्च अदालत परिसरबाटै मङ्गलबार पुनः पक्राउ परेका हमालको रिहाई माग गर्दै शाखाले निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकाल मार्फत् बुधबार सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आह्वान अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत् ज्ञापनपत्र बुझाउँदै हमालको रिहाइको माग गरिएको शाखा अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको पक्राउ पुर्जा देखाएर सर्वोच्च अदालतको गेट अगाडिबाट अमानवीय ढङ्गले प्रहरीले हमाललाई पक्राउ गरेको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाइएको छ ।
पत्रकारिता जगतमा लामो समयदेखि निरन्तर भ्रष्टाचार, अन्याय र बेथितीका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हमालको निशर्त र यथाशीघ्र रिहाईको माग गर्दै ज्ञापनपत्रमा प्रहरीको गैरकानुनी पक्राउ आतङ्क बन्द गरी कानुनी राज्य, सर्वोच्च अदालतको आदेशको सम्मान गर्न तथा प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै ढकालले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते