दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको आदिकवि भानुभक्त क्याम्पसको बुधबार आयोजित १० औँ वार्षिक साधारणसभा तथा ३३ औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए।
राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी र प्राध्यापक नियुक्त हुने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, “शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नु हुँदैन, क्षमता हेर्नुपर्छ तबमात्र शैक्षिक विकास सम्भव हुन्छ ।”
आवश्यकताको आधारमा मात्रै शिक्षण संस्था खोल्नुपर्नेमा नेताको लहर, अहङ्कार र अस्वस्थ प्रतिस्पर्धाले अन्धाधुन्ध विद्यालय र क्याम्पस खोल्ने प्रवृत्ति बढेकाले त्यसले समाजलाई बोझ थोपरेको उनले बताए।
उनले भने, “यसको अन्त्य नभएसम्म हाम्रो समाजको उत्थान पनि राम्रो हुँदैन र शिक्षाको गुणस्तर पनि वृद्धि हुन सक्दैन ।”क्याम्पसले उल्लेख्य प्रगति हासिल गर्न गरेकामा खुशी व्यक्त गर्दै उनले समुदायले पनि यति राम्रोसँग क्याम्पस चलाउन सक्ने रहेछ भन्ने उदाहरण आदिकविले प्रस्तुत गरेको सुनाए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले यसको विस्तार र विकासका लागि प्रदेश सरकारको सहयोग रहने बताए।
प्रदेश सभासद् केदार सिग्देल, आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले विद्यार्थी, अभिभावक र प्राध्यापकको लगावका कारण क्याम्पसले सफलता प्राप्त गरेको र अब यसमा प्राविधिक शिक्षा थप गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले शैक्षिक बजारको माग अनुसारको जनशक्ति उत्पादनलाई जोड दिइएको र महिला, जनजाति, दलित, अल्पसङ्ख्यक, तथा विशेष क्षमता भएका विद्यार्थीको भरोसाको केन्द्रको रुपमा यो क्याम्पस स्थापित हुन सफल भएको बताए।
यो पनि – पोखराका विद्यालयमा राजनीतिक पार्टीको संगठन खोले कारबाही गरिने
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु