बनाउँदा बनाउँदै ग्रिनहिल सिटी हाउजिङको दुई तले घर भत्कियो

बनाउँदा बनाउँदै ग्रिनहिल सिटी हाउजिङको दुई तले घर भत्कियो

ghar

 मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो। घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ। ‘हामी अध्ययन गरिरहेका छौं,’ हाउजिङका एक कर्मचारीले भने।कागेश्वरी मनोहरा-६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स-साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds