अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि ,प्रतितोला ७३ हजार ५ सयमा कारोबार

अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि ,प्रतितोला ७३ हजार ५ सयमा कारोबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो। चीन–अमेरिका व्यापार टकराव,कच्चा तेलमा भएको उतारचढाव, इरान–अमेरिका विवादले पनि सुनको मुल्य उच्चहुनुमा यी तत्वहरुको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ।

पछिल्लो समय सुनको भाउमा उताचढाव भइरहेको छ। बुधबार सुनको मूल्य फेरी वृद्धि भएको छ । मंगलबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुनको भाउमा बुधबार एक हजार बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको छ। तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको महासंघले जनाएको छ। ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ