ग्याङ फाइट हुँदा एक युवाको मृत्यु, संलग्न २ युवा पक्राउ

ग्याङ फाइट हुँदा एक युवाको मृत्यु, संलग्न २ युवा पक्राउ

gyang-fightt

काठमाडौंको कपनमा मंगलबार राति ९ बजेतिर ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङको बाराहापोखरीका १८ वर्षीय सञ्जय राई रहेको प्रहरीले जनाएको छ।

कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सञ्जयको मृत्यु भएसँगै ग्याङ फाइटमा संलग्न २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन्। दुबै जनालाई बुधबार बिहान कपनको सरस्वती नगरबाट पक्राउ गरिएका प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ