पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले यही भदौ २३ गते (सेप्टेम्बर ९) मा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ गर्ने सञ्चालक रमेश कुमार थापाले जानकारी दिए ।
सेमिनारमा अष्ट्रेलियाका १३ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि, एक्स्पर्टका अध्यक्ष बद्री अर्याल र एक्स्पर्ट मेल्वर्नका निर्देशक सरोजकुमार शर्मा उपस्थित हुने उक्त सेमिनामा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी सेमिनार सञ्चालन गर्न लागिएको थापाले बताए ।
‘अष्ट्रेलिया जानुपूर्व विद्यार्थीले गर्नुपर्ने तयारी, त्यहाँको शिक्षाको सम्भावना, परिवर्तित शिक्षा नीति लगायत विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी सेमिनारमा प्रदान गरिन्छ,’ उनले भन, ‘भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ ।’ अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्स्पर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्स्पर्टले सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो