विद्युत प्राधिकरणलाई सरकारले ल्याउने ऐनमा टुक्राउन प्रस्ताव

विद्युत प्राधिकरणलाई सरकारले ल्याउने ऐनमा टुक्राउन प्रस्ताव

nepal bidhut

काठमाडौं–  विद्युत प्राधिकरणलाई सरकारले ल्याउन लागेको प्रस्तावित विद्युत ऐन २०७६ मा टुक्राउन प्रस्ताव गरिएको छ । ऐनमा प्राधिकरण एक्लैले गर्दै आएको कामलाई दुई अलग–अलग संगठित संस्थामार्फत गर्ने उल्लेख गरिएको छ ।

विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारका लागि अलग अलग संगठित संस्था बनाउन प्रस्ताव गरिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको छ ।

हाल विद्युत उत्पादन, प्रशारण, वितरण र ब्यापारसम्मको काम प्राधिकरणले गर्दै आएको छ । विगतमा प्राधिकरण धरासायी भएर देश ऊर्जा संकटमा फसिरहँदा प्राधिकरण टुक्रयाउने बहस भएको थियो । त्यसैअनुसार सरकारले २ वटा कम्पनी स्थापना पनि गरिसकेको थियो । तर, पछिल्लो समयमा प्राधिकरणले ऊर्जा संकटको व्यवस्थापन गरेर आफूले निर्माण गर्ने सबै आयोजना पनि कम्पनी मोडलमा लैजाने निर्णय गरिसकेको छ । यही अवस्थामा नयाँ आउन लागेको विद्युत ऐनमा विगतको बहसअनुसार नै प्राधिकरणलाई टुक्राउन प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधयेकमा विद्युतको उत्पादन, प्रसारण, वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेका संगठित संस्थाले ऐन प्रारम्भ भएको मितिले ३ वर्षभित्र विद्युतको उत्पादन, प्रसारण, वितरणका लागि अलग–अलग संगठित संस्था स्थापना गर्नुपर्ने उल्लेख छ । हाल रहेको संगठित संस्था (प्राधिकरण) ले अगल–अलग संस्था स्थापना भएको मितिले २ वर्षभित्र आफ्नो सम्पत्ति र दायित्वको मूल्यांकन गरी सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुपर्ने छ । त्यसपछि बाँकी रहने प्राधिकरणले पनि उत्पादन, प्रसारण, वितरण र ब्यापारमध्ये कुन काम गर्ने हो, त्यसका लागि सरकारसँग छुट्टै अनुमति प्राप्त गर्नुपर्नेछ ।

प्रस्तावित ऐनको दफा १० मा विद्युत उत्पादन, प्रसारण, वितरण वा ब्यापारका लागि एउटै निकाय वा संस्थालाई एकभन्दा बढी प्रयोजनमा अनुमति नदिइने उल्लेख छ । ऐनमा हाल प्रचलनमा रहेको विद्युत प्राधिरकरण ऐनबारे भने केही बोलिएको छैन । ऐनअनुसार प्राधिकरणले सबै काम आफैंले गर्न पाउने छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds