जित्यो पुलिसले  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

जित्यो पुलिसले  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

valliball

हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले  जितेको छ । पोखराको लामाचौरमा सोमबार भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले न्यू डायमण्डलाई २५-१६,२५-१४ र २५-२० को सोझो सेटमा हराएको हो ।  आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई र न्यू डायमण्डले गण्डकीलाई हराएको थियो । दुवैलाई समान ३–० को सोझो सेटमा हराएर पुलिस र न्यू डायमण्ड फाइनल प्रवेश गरेका थिए ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा विजेता बनेसँगै पुलिसले रु एक लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि सोमबार बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी तेस्रो भएको हो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds