चिनियाँ गिराेहका थप एकजनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ , योजनाकार स्पेनमा

चिनियाँ गिराेहका थप एकजनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ , योजनाकार स्पेनमा

hacker

माडौं– नेपालका  वाणिज्य बैंकका एटीएमबाट रकम निकाल्नमा संलग्न चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

 नेपाली एटिएमबाट पैसा लुट्ने चिनियाँ गिराेहका योजनाकार स्पेनमा रहेको खुलेको छ । उसले त्यहाँ बसेर नेपालमा समूह परिचालन गरेको बाहिर आएको हो। पक्राउ परेका अभियुक्तले आफ्ना नाइके स्पेनमा रहेको प्रहरी सामु बयान दिएका हुन्।

प्रहरीले पैसा लुट्ने चिनियाँ गिराेहका थप एकजनालाई त्रिभुवन विमानस्थलबाट आइतबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवक रहेका छन्। फरार अन्य दुईको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए। उनीहरुलाई आइतबार प्रहरीले सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा लीङ ज्यामिङ, लुओ ज्यालिप, झु लियाङग्याङ्, क्यू योङसिङ् र सेन बिनबिन रहेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए । उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको थियो।

प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ