तनहुँ । समाजवादी पार्टी तनहुँको अध्यक्षमा कृष्ण गुरुङ्ग चयन भएका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीमा एकता पछि तनहुँको अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् ।
दुवै पार्टीको शनिबार दमौलीमा भएको संयुक्त भेलाले गुरुङ्गको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
७५ सदस्यीय जिल्ला समितिमा उपाध्यक्षमा नारायण बावु लोहनी रहेका छन् । पार्टीको जिल्ला सचिवालय र बाँकी पदाधिकारी पछि मनोनित गरिने समाजवादी पार्टीले जनाएको छ ।
जिल्ला अध्यक्ष सहित जिल्लामा समितिलाई समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष मोती रिजाले सपथ ग्रहण गराएका थिए ।
समाजवादी पार्टीका सल्लाहाकार समितिका संयोजक एंव पुर्व मन्त्री भिम प्रसाद गौतमले समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा अगाडी बढेको बताए ।
जिल्ला सदस्यहरुलाई उच्च मनोवलका साथ काम गर्न नेता गौतमले आग्रह गरे ।
कार्यक्रममा समाजवादि पार्टीका केन्द्रिय सदस्य देबेन्द्र थापा,पान बहादुर भुजेल लगायतले सम्बोधन गरेका थिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते