बन्द भएको एटिएम खुले

बन्द भएको एटिएम खुले

atm

चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन्। ह्याकर समूहले नेपाल र भारतमा गरी तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी चोरी गरेका थिए ।

आइतबार दिउँसो केहि समय एटिएम बन्द भए पनि साँझबाट सञ्चालन आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै सर्वसाधरणलाई नआत्तिन समेत आग्रह गरेका छन्। अहिले नेपाली बैंकका साढे ३३ खर्बभन्दा बढीको निक्षेप रहेको छ।

प्रवक्ता निरौलाले ह्याकरहरूको सक्रियतलाई राष्ट्र बैंकले गम्भिरताका साथ लिएर अध्ययन सुरु गरेको जानकारी दिए। राष्ट्रबैंकले छानबिन र अध्ययनका लागि समिति गठन गरेको छ। भुक्तानी विभागका कार्यकारी निर्देशको बोमबहाहदुर मिश्रको संयोजकत्वमा गठित समितिले बुधबारसम्म प्रतिवेदन बुझाउनु पर्ने समायवधि तोकिएको छ। मिश्रको समितिले प्रतिवेदन बुझाएपछि राष्ट्र बैंकले आवश्‍यक कदम चाल्ने जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds