राष्ट्रिय महिला भलिबलमा न्यू-डायमण्ड र पुलिस फाइनलमा भिड्दै

राष्ट्रिय महिला भलिबलमा न्यू-डायमण्ड र पुलिस फाइनलमा भिड्दै

volleyballl

पोखरा । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनल खेलमा न्यू—डाईमण्ड र पुलिसले जित हासिल गर्दै उपाधिको लागि सोमबार प्रतिष्प्रर्धा गर्ने भएका छन् ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५—१८, २५—२० २५—१९ को सोझो सेटमा पराजित गर्दै फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू—डाइमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन ।

त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—११, २५—७, र २५—६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । फाइनल खेल भने सोमबार २ बजे पछि हुने बुद्धि खत्रीले बताए ।

उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू—डाईमण्ड तथा समुह बीको विजेता पुलिस बिरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।

शनिबार स्थगित भएको न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू—डाईमण्डलाई ३२—३०, २५—२२, १५—२५, २४—२६ र १५—५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—२१, २३—२५, २५—१७, २५—१९ मा पन्छाएको होे ।

पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५—२०, २५—१८, २५—१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१७, २०—२५, २५—२३ र २५—२१ को सेटमा पराजित गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds