गोरु काटेर बिक्रि गर्ने बाबु छोरासहित चार पक्राउ , साथबाट १०६ केजीको गोरुको मासु बरामद

गोरु काटेर बिक्रि गर्ने बाबु छोरासहित चार पक्राउ , साथबाट १०६ केजीको गोरुको मासु बरामद

arrest-pakrau

सांकेतिक तस्विर

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका ३ हात्तिसारमा गोरु काटेकोको आरोपमा बाबु छोरासहित चार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार स्थानीय ५० वर्षीय रामप्रसाद राई, उनका २५ वर्षीय छोरा प्रमीन राई, २१ वर्षीय मनिष राई र ५६ वर्षीय रामकुमार राई पक्राउ परेका छन। ‘मासु खाने र बिक्री प्रयोजनका कालो रंगको गोरु काटेको सूचनाको आयो’, उनले भने, ‘चारै जनालाई आइतबार अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको छ।’ उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ अन्तर्गत पशुपंक्षीसम्बन्धी कसुरको दफा २८९ को गाई मार्न वा कुटन नहुने अभियोगमा मुद्दा चलाइएको छ।

मुलुकी अपराध संहिता अनुसारको गाई वा गोरु मार्न वा कुटन नहुने कसुर गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ। पक्राउ परेका व्यक्तिको साथबाट १०६ केजीको गोरुको मासु समेत बरामद गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ