प्रहरीले सार्वजनिक गर्‍यो चिनियाँ ह्यकर, को हुन त यिनीहरु ?

प्रहरीले सार्वजनिक गर्‍यो चिनियाँ ह्यकर, को हुन त यिनीहरु ?

chor chines

तस्विरः लोकान्तर डटकम

काठमाडौं– नेपालका तीन वाणिज्य बैंकका एटीएमबाट रकम निकाल्नमा संलग्न चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन् ।

उनीहरूको साथबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

नक्कली भिसामा नेपाल छिरेका ह्याकरहरू रकम लिएर भोलि नै चीन फर्किने तयारीमा रहेको खुलेको प्रहरीले जानकारी दियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds