विभिन्न बैंकको एटिएमबाट ह्याकरले पैसा निकालेको समाचार बाहिर आएपछि आतंकित बनेका सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकले नआत्तिन आग्रह गरेको छ । राष्ट्र बैंकले कुनै पनि खाताबाट रकम नझिएिको बताउँदै सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएम सिस्टममा समस्या आएको जानकारी दिँदै एटिएमबाट पैसा निकाल्न नमिलेको बताए । उनले भने, ‘कुनै पनि बैंकको व्यक्तिगत खाताबाट गैह्रकानुनी रुपमा पैसा निकालिएको छैन ।’
ह्याकरले एटिएमको पैसा झिके पनि व्यक्तिगत खाताबाट भने पैसा ननिकालिएको उनले दावी गरे । एक दर्जनभन्दा बढी बैंकको एटिएम मेसिन नचलेपछि नेपाल राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्स सिस्टम (नेप्स) लिमिटेड बीच समस्याबारे छलफल भइरहेको छ । सिस्टममा समस्या हुनुको आधिकारीक जानकारी नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सुरक्षा निकायले भने सिस्टम ह्याक गरेका कारण एटिएम मेसिन नचलेको दाबी गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार शनिबार राति एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ नगरिकको समूहकै कारण सिस्टममा समस्या आएको हो । यद्यपी, यसको आधिकारी पुष्टि भने भएको छैन ।
यसअघि प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु