काठमाडौं- हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका खुल्ने भएका छन् । २ दशकदेखि बन्द यी ढोका यसपालीदेखि खुल्ने भएका हुन् । पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।
सरकारी सवारीको दुरूपयोग रोक्ने उद्देश्यले यसपालि पशुपति क्षेत्रमा सवारी प्रवेश पासको व्यवस्था गरिएको छैन । पङ्क्तिबद्ध हुन नपर्ने गरी विगतमा जारी हुँदै आएको मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।
पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।
जुत्ताचप्पललाई सहज रूपमा व्यवस्थापन गर्न सिर्जनशील युवा क्लबका स्वयंसेवक परिचालित गरिएको छ । पर्व मनाउन आउनेको सुरक्षाका लागि यस क्षेत्रमा महिला प्रहरीलाई विशेष रूपमा खटाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु