काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न एटिएम बुथबाट अर्बौं रकम झिक्ने चिनियाँ नागरिकको योजना प्रहरीले असफल पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच जना चिनियाँ ह्याकरको समूहलाई शनिबार राति पक्राउ परेपछि उनीहरुको योजना असफल भएको हो ।
पक्राउ परेकाहरु कोही दुई दिनअघि र कोही शनिबार मात्रै नेपाल आएको खुलेको छ । उनीहरु सबै भिजिट भिसामा आएका हुन् । महानगरीय प्रहरी परिसरले उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली र १० हजार अमेरिकी डलरसमेत बरामद गरेको डीएसपी होविन्द्र वोगटीले बताए ।
चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएम भिसा कार्डको सिस्टम ह्याक गरेर एटिएम बुथमा रहेको सबै रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी अधिकारीका अनुसार उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ । प्रहरी अधिकारीका अनुसार काठमाडौंकै १४ बढी विभिन्न बैंकका एटिएम ह्याक भएका छन् ।
चिनियाँ ह्याकरले सबैभन्दा बढी रकम नबिल बैंक, प्रभु बैंक लगायतको एटिएम बुथको सिस्टम ह्याक गरेर रकम झिकेको खुलेको छ । ह्याकरको समूहले सर्भिस प्रोभाइडरमै साइबर आक्रमण गरेर रकम निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिसर काठमाडौंका एसएसपी सुवेदीले भने, ‘‘शनिबार राति मात्रै अर्बाैं रुपैयाँ एटिएमबाट लुट्ने योजना रहेछ । प्रहरीले समयमै जानकारी नपाएको भए एकै रातमा ठूलो रकम लुटिन सक्थ्यो ।’’
प्रहरीले पाँचै जना चिनियाँ ह्याकरको समूहलाई दरबारमार्गबाट पक्राउ गरेको हो । एसएसपी सुवेदीले भने, ‘‘उनीहरुले रकम झिकेर आज या भोलि चीन फर्किनेसम्मको योजना बनाएका रहेछन् । एटिएमबाट लुटिएको रकम हुण्डीमार्फत् चीन पठाउने योजना रहेछ ।’’ उनीहरुको साथबाट विभिन्न बैंकमा एक सय बढी एटिएम कार्ड बरामद भएको दोभाषे बोलाएर थप अनुसन्धान गरिररहेको एसएसपी सुवेदीले बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले केही बैंकको एटिएममा समस्या आएको र समाधानको प्रयास भइरहेको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु