पोखरा । चार पटकको च्याम्पियन न्यू डायमण्ड एकेडेमीले नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा शनिबारदेखि सुरू राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो । प्रतियोगितामा शनिबारको खेलमा जित हात पार्दै गण्डकी प्रदेश र न्यू-डायमण्ड एकेडेमी काठमाडौंले विजयी सुरूआत गरेका हुन्। शनिबार बिहान भएको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउण्ट इङ्सिल बोर्डिङ स्कुल काठमाडौंलाई २५-१४, २५-११, २५-१५ को सोझो सेटमा पराजित गर्यो।
त्यसैगरी, दोस्रो खेलमा न्यू-डायमण्ड एकेडेमीले चितवन टाईगर्स क्लबलाई २५-१४, २५-२०, २५-१४ को सोझो सेटमा पराजित गरेको छ। न्यू डायमण्डबाट सिपोरा गुरुङ मैदान उत्रिएकी थिइन्। चोटका कारण लामो समय कोर्ट बाहिर रहेकी सिपोराले न्यू डायमण्डबाट खेल्दै घरेलु भलिबलमा पुनरागमन गरेकी हुन् । श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोराले २०६८ सालमा घुँडाको चोट बोकेकी थिईन् ।
१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोरा पछिल्लो समय भने सिपोरा पढाईका लागि अमेरिकामा रहदै आएकी थिइन् । तर, यसै प्रतियोगिता खेल्न सिपोरा नेपाल आएकी हुन् ।

दुई खेल वर्षाका कारण स्थगित भएको छ। गण्डकी प्रदेशविरूद्ध श्रीराम खेलकुद विकास समिति दाङ बीच खेल जारी रहँदा लगातार गण्डकी प्रदेशले दुई सेट लिएसँगै तेस्रो सेटमा वर्षाका कारण खेल स्थगित भएको हो।
आजै हुने भनिएको अन्तिम खेल न्यू-डायमण्डविरूद्ध नेपाल पुलिस क्लब बीचको खेल स्थगित भएको हो। स्थगित खेल आइतबार बिहान ७ बजेपछि हुने भएको प्रतियोगिताका खेल संयोजक शुशील कुमार श्रेष्ठले बताए।
सोमबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालले गरेका हुन्। प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने