एजेन्सी । भनिन्छ मानिसलाई रिस उठेपछि आँखा देख्दैनन् । यसै भनाईसँग मेल खाने एउटा घटना अहिले चर्चामा रहेको छ । अमेरिकाको फ्लोरिडा शहरमा बस्ने एक युवाले आफ्नो प्रेमिकासँग रिस उठेपछि यस्तो अचम्मको हर्कत गरेका छन् जसकारण उनलाई जेल जानुपरेको छ ।
अमेरिकी सञ्चारमाध्यम न्यूजविकका अनुसार २० वर्षिय आरोपी हन्टर मिल्स आफ्नी प्रेमिकासँग यतिसम्म रिसाए की उनले प्रेमिका चढेको कारमा जेसीबी डोजर ल्याएर माटो हालिदिए । धन्न प्रेमिका कारबाहिरै थिइन र उनलाई केही भएन । तर, प्रेमिकाले चढेको सेतो काडिल्लाक कारको छत माटोले पुरियो र कारको भित्री भागमा पनि माटो पस्यो ।

प्रहरीका अनुसार मिल्सले आफ्नी प्रेमिकालाई कुरा गर्न आफूले काम गर्ने ठाउमा बोलाएका थिए । उनकी प्रेमिका अरु नै मानिसको कार लिएर उनलाई भेट्न गएकी थिइन्, त्यो कुरा उनलाई मन परेन । त्यसपछि उनीहरु बीच मनमुटाव भयो ।
प्रेमिकाले आफ्नो एक प्रश्नको उत्तर दिन नमानेको झोँकमा मिल्सले जेसिबी ल्याएर कारको छतमा माटो हालिदिए ।उनको त्यस्तो हर्कतको कारण कारको मर्मतमा एक हजार डलर भन्दा बढी खर्च हुने बताइएको छ । उक्त रकम मिल्सबाट क्षतिपूर्ती भराउने गरी मुद्दा चलाइएको छ । स्थानीय प्रहरीले यस घटनाको तस्विर आफ्नो ट्विटर एकाउन्टमा सेयर गरे पछि यो घटना चर्चित भएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते