पोखरामा खुल्यो ‘नेपजरी बुटिक’

पोखरामा खुल्यो ‘नेपजरी बुटिक’

5d68ff9954e68

पोखरा । युवा व्यवसायी तथा फेसनकर्मी विजय क्षेत्रीले पोखरामा पहिलोपटक सम्पुर्ण सेवा सुविधा सहित नेपजरी बुटिक सञ्चालनमा ल्याएका छन् । पोखरामै पहिलोपटक विक्री, साटफेर तथा भाडामा आफुले बुटिक सञ्चालनमाल्याएको सञ्चालक क्षेत्रीले बताए ।

बुटिकमा महिला तथा युवतीहरुको लागि साडी, लेहेङ्गा, ग्राउन, तथा डिजाईन अनुसारको कपडा तयार पारिने संचालक क्षेत्रीले जानकारी दिए। महेन्द्रपुल स्थित अन्नपुर्ण सुपरमार्केटको दोस्रो तल्लामा रहेको बुटिक बाट प्राप्त हुने केहि प्रतिशत रकम समाज सेवामा समर्पित गर्ने क्षेत्रीले बताए ।

पोखरामा रहेर लामो समयदेखी फेसन क्षेत्रमा काम गरेको र देश तथा समाजमै रहेर काम गर्ने मनसायले आफुले बुटिक सञ्चालनमा ल्याएको क्षेत्रीले जानकारी दिए । करिब ४० लाखको लगानीमा सञ्चालनमा आएको बुटिकमा ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पछिल्लो समय विदेश जानेको बढ्दो संख्या र युवाहरुमा देखिएको बृतृष्णा प्रति पनि आफुले सञ्चालनमा ल्याएको बुटिकबाट पाठ सिक्न र युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय बनाउनुपर्नेमा सञ्चालक क्षेत्रीले जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds