बलात्कारी बाबुलाई १३ वर्ष कैद

बलात्कारी बाबुलाई १३ वर्ष कैद

balika rape

छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले १३ वर्ष कैदको फैसला गरेको छ । १२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले नाबालिकालाई जबर्जस्तीकरण गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेको थप १ वर्ष गरेर १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवकुमार कौशिकले बताए । बालिका २०७५ असार १५ गते घरमै बलात्कृत भएकी थिइन् । झड्केलो बाबु भीमफेदी कारागारमा छन् ।

यसैगरी, न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपहानगरपालिका-१९ का राजकुमार गोलेसहित ५ जनालाई मकाउ पठाईदिन्छु भनी ठगी गरेका मनहरी गाउँपालिका-२ का गौतम स्याङ्तानलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ । स्याङ्तानबाट पीडितहरुलाई ६ लाख ९३ हजार रुपैयाँ विगो भराउने अदालतले आदेश गरेको छ ।

२०७४ मंसिर २५ गते पीडितहरुबाट गौतमले ६ लाख ९३ हजार रुपैयाँ लिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ