पोखराको हङकङ बजारमा तीज, दशैं, तिहारको उपहार योजना, भाग्यशाली एक जनालाई स्कुटर

पोखराको हङकङ बजारमा तीज, दशैं, तिहारको उपहार योजना, भाग्यशाली एक जनालाई स्कुटर

pokhar a

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारले चाडपर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । तीज, दशैं, तिहारको अवसरमा हङकङ बजारले यस्तो योजना ल्याएको हो । यस योजना अन्तर्गत कुनै पनि सामानको खरिद गर्दा उपभोक्ताले कुपन पाउने छन् ।

बजार भित्रका कुनैपनि पसलमा ५ सय बराबरको सामान किन्दा एउटा कुपन, १ हजारको खरिदमा २ वटा कुपन पाउने छन् । यस्तै १५ सय को सामान खरिद गर्दा ३ वटा कुपन र २ हजारको खरिदमा ४ वटा कुपन पाउने छन् ।

उपहार अफरमा पोखरा हङकङ बजार व्यवस्थापन समितिले उपहारको व्यवस्था गरेको छ । यस योजना अन्तर्गत १ जनालाई प्रथम पुरस्कार स्वरुप डियो स्कुटर दिइने छ । साथै दोस्रो पुरस्कार स्वरुप एक जनालाई १ तोलाको सुनको सिक्का प्रदान गरिने छ ।

तेस्रो हुने एक जनालाई ३२ इन्चको एल.ई.डी टेलिभिजन, चौंथो पुरस्कार एक जनालाई रेफ्रिजरेटर, पाँचौ पुरस्कार एक जनालाई मोबाइल फोन, छैँठौ पुरस्कार तीन जनालाई स्ट्याण्ड फ्यान र सातौँ पुरस्कार पाँच जनालाई राईस कुकर प्रदान गरिने भएको छ ।

यस्तै आठौं पुरस्कारका रुपमा ५ जनालाई प्रेसर कुकर र १० जनालाई १ तोला चाँदीको सिक्का सान्तवना पुरस्कारको रुपमा प्रदान गरिने भएको छ । साथै पोखरा हङकङबजार भित्रका व्यवसायी मध्ये सबैभन्दा बढी कुपन बाँड्ने व्यापारीले आधा तोला सुनको सिक्का र दोस्रो धेरै बाँड्नेलाई चार आनाको सुनको सिक्का पाउने भएका छन् ।

उपहार २०७६ कार्तिक ३० गते शनिबार पोखरा हङकङ बजार व्यवस्थापन समितिको कार्यालयमा खोलिने छ । त्यसको नतिजा स्थानीय राष्ट्रिय दैनिक पत्रिका मार्फत सार्वजनिक गर्ने जनाइएको छ । कुपन खोलिएको १० दिनभित्र पोखरा हङकङबजार व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क गरि लिइसक्नु पर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ