अफगानिस्तान यतिवेला यौन दुर्व्यवहारका घटनाले तरंगित बनेको छ । महिलामाथि हुने यौन दुर्व्यवहारका घटना वृद्धि भइरहेको बताइरहेका वेला ती घटनामा सरकारी अधिकारी नै संलग्न रहेको विषयले युद्धको चपेटामा परेको देश तरंगित बनेको हो ।
मन्त्रीले गरे यौन दुर्व्यवहार
एक महिला कर्मचारीले आफूमाथि पूर्वमन्त्रीले बारम्बार यौन दुर्व्यवहार गरेको गुनासो गरेकी छिन् । यौन दुर्व्यवहारबारे प्रतिकार गर्दा पूर्वमन्त्री भौतिक आक्रमणमा उत्रेको उनको गुनासो छ । ‘उसले प्रत्यक्ष रूपमा यौन प्रस्ताव गर्यो । म जस्तो महिलालाई मन्त्रीजस्तो व्यक्तिले त्यस्तो प्रस्ताव गर्लान् भनेर सोचेकी पनि थिइनँ । उसको प्रस्ताव सुनेर भाग्न खोज्दा उसले मेरो हात समातेर आफ्नो कार्यकक्ष पछाडिको कोठामा लग्यो।’
मन्त्रीको दुर्व्यवहारपछि उनले भोलिपल्टै पदबाट राजीनामा दिएकी थिइन् । तर, मन्त्रीविरुद्ध उजुरी दिन सकिनन् । ‘दुर्व्यवहारका घटना सार्वजनिक गर्दा सबैजनाले पीडितलाई नै दोषी मान्छन्,’ उनी भन्छिन् । उनका अनुसार ती मन्त्रीले अन्य दुईजना महिला कर्मचारीलाई पनि दुर्व्यवहार गरेका थिए ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते