काठमाडौं– एसीसी यू–१९ एसीया कपको तयारीका लागि श्रीलंकामा पुगेको नेपाली युवा टिम चिल मरिन्स क्रिकेट क्लवसँग ८९ रनले पराजित भएको छ । घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर तीन बलमा अलआउट हुँदा १३५ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य खेलाडी चल्न सकेनन् ।
भीम शार्कीले २६, रित गौतमले २५ रन बनाए । यस्तै पवन सर्राफले १२, हरि चौहानले चार, रोहित कुमार पौडेलले ४ रन बनाए । सन्दिप जोरा र राशिद खानले खाता खोल्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिल मरिन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।
बलिङमा नेपालका लागि पवन सराफ र शुर्य तामाङ र रासिद खानले दुई दुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले एक एक विकेट लिएका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम