आम सर्वसाधारणले साँच्चैको पत्रकार कि घरमै युट्युब च्यानल खोलेर चलाएका युट्युबर ? भन्ने भेद बुझिसकेका छैनन् । युट्युब भिडियो मुनितिर आउने प्रतिक्रियाहरुमा पत्रकार भनेरै गाली गरिरहेको भेटिन्छन् ।
युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि असोज ६ गतेदेखि नयाँ आचारसंहिता जारी हुँदैछ । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने भएको हो । दर्ता नभएका कम्पनीबाट संचालित युट्युब च्यानल सञ्चालकहरु सार्वजनिक मुद्धा खेप्नेछन् । मिडियाहरुमा आवद्ध पत्रकार भने आचारसंहितामा बाँधिनेछन् ।
पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता प्रेस काउन्सिलले जनाएको छ । अनलाइन सञ्चारमध्यममा सम्प्रेषित कुनै सामाग्रीले आचारसहितको गम्भिर उल्लंघन गरेको ठहर भएमा निश्चित अवधि तोकी त्यस्ता आपत्तिजनक सामाग्री अनलाइनमा नदेखिने गरी रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गरिनेछ ।
त्यस्ता अनलाइनका सामाग्री बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्राचार गर्ने प्रेस काउन्सिल अध्यक्ष किशोर श्रेष्ठले बताए । यसका लागि प्रहरी, सरकारी वकिल र प्रेस काउन्सिलका प्रतिनिधिसहित कार्यदल समेत गठन हुनेछ ।
सञ्चारमाध्यमले आचारसंहिता गम्भीर उल्लंघन गरी कसैको चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पु¥याउन नियतवश समाचार सम्प्रेषण गरेको पाइएमा प्रेस काउन्सिलले सम्वन्धित सञ्चार माध्यमलाई क्षमायाचना गर्न लगाई अन्य निर्देशन पनि दिन सक्नेछ ।
एउटा अनलाइनको समाचार वा सामाग्री साभार गर्ने तर, स्रोत नखुलाउने प्रवृत्ति रोक्न पनि काउन्सिलले कडाइ गरेको छ । अबदेखि मूल स्रोत उधृत गरेर वा अनुमति लिएरमात्र अरुको सामाग्री साभार गर्न पाइनेछ । त्यसो नगरे काउन्सिलले कारबाही गर्नेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु