काठमाडौं – बिजुलीको पैसा नतिरेपछि विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुलीको लाइन काट्ने चेतावनीसहितको पत्र काटेको छ । सचिवालयले तिर्नुपर्ने बक्यौता रकम करोड नाघे पछि कम्पनीले सूचना जारी गरेको छ ।
पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो । इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।
पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रधानमन्त्री इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन्। कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ।
बितेका वर्षहरूमा पाकिस्तानमा बिजुलीको पैसा नतिरिने समस्या ठूलो बन्दै गएको छ। गर्मीका महिनाहरूमा १२-१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ। सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेको थियो।
पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ। केहीसमय अगाडी प्रधानमन्त्री इमरानले पाकिस्तानसँग पैसा नभएको र राष्ट्रिय ढुकुटी रित्तिएको बताएका थिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते