राजस्व चुहावट ऐनको प्रावधानमा अर्थमन्त्री अडिग,’कर छल्ने व्यापारीलाई जेल हाल्नुपर्छ’

राजस्व चुहावट ऐनको प्रावधानमा अर्थमन्त्री अडिग,’कर छल्ने व्यापारीलाई जेल हाल्नुपर्छ’

yubaraj

काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व चुहावटको गम्भिर मुद्दामा व्यापारीलाई जेलनै हाल्नुपर्ने जिकिर गरेका छन्।उनले कर छलेको पुष्टी भएमा सामाजिक रुपमा दण्डित गर्न एक दिन भएपनि जेल हाल्नुपर्ने बताए।

‘राजस्व चुहावट ऐनको मस्यौंदामा अहिले संसदीय समितिमा छलफल भइरहेको छ।हामीले यो ऐनलाई पहिलाको भन्दा व्यवहारिक बनाएका छौं।दुई सय प्रतिशतसम्म जरीवानाको सट्टा शतप्रतिशत भनेका छौं। यो वाहेक कैदको कुरा पनि छ’नेपाल चेम्बर अफ कर्मशले शुक्रबार आयोजना गरेको छलफलमा उनले भने,’तर सबै कुरा जरीवानाले मात्रै हुँदैन्। अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रपति र प्रधानमन्त्री समेत ठूला अपराधमा जेल गएका छन्। त्यसैले व्यापारीले कर छलेको पुष्टी भएमा एक दिन भएपनि जेल हाल्नुपर्छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds