पोखराको विजयपुर खोलामा रहेका दुई वटा पुलबाट निर्माण सामाग्री ल्याउन नपाएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य प्रभावित भएको छ । आयोजना निर्माणका लागि आवश्यक सामान ल्याउन नपाएपछि विमानस्थल निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । चाइनिज कम्पनीका ६ वटा ट्रक बिगत ४ दिनदेखि पोखराको गगनगौडाको सडकमै अलपत्र अवस्थामा रहेको चाइनिज कम्पनी सिएएमसीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाइँले बताए । हाल कम्पनीका ३६ टन भारवान क्षमताका गाडीहरू सडकमै रोकिन पुगेको उनले जनाए ।
निर्माण स्थलमा निर्माण सामग्रीहरू ल्याउन कसैले पहल नगरेको उनले गुनासो गरे । १० टन भारवाना क्षमताको मोटरेवल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल ३५ टन भारवान क्षमताको बेलिवृज निर्माण भएका छन् । तर विमानस्थलका सामानहरू ३५ टन भन्दा बढी क्षमताका भएकाले आयोजनास्थलमा ल्याउन नपाएको जनसम्पर्क अधिकृत चापागाईले बताए । उनका अनुसार हाल टर्मिनल भवन निर्माणको काम प्रभावित भएको छ । दैनिक २ सय जना नेपाली र ३ सय ५० जना चिनियाँ कामदार विमानस्थल निर्माणमा लागेको चापागाईले बताए । ‘हामीले पटक पटक गरी करिब ७÷८ पटकसम्म डाईभर्सन पुल बनायौं तर खोलाले बगाएपछि निर्माण सामग्री ल्याउन कठिन भएको छ’, उनले भने । आजको कारोबार दैनिकमा दिननाथ बरालले खबर लेखेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो