मलेसिया सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि आममाफी कार्यक्रम सञ्चालन गरिरहेको छ। यो सँगै मलेसियन प्रहरीले अवैधानिक कामदारको धरपकड पनि तीव्र रूपमा अगाडी बढाएको छ। यसैका लागि विभिन्न सहरहरूमा व्यापक खोजतलास पनि सुरु गरिसकेको छ।
खोजतलासको क्रममा एकै दिनमा अवैधानिक रूपमा बस्दै आएका १ ०६ जना विदेशी नागरिक पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरूमा ५ जना नेपाली सहित ४३ जना म्यानमार, ३२ जना बङ्गलादेश, १२ जना भारत, ९ जना इन्डोनेसिया, २ जना नाइजेरिया, २ जना श्रीलङ्का तथा एक जना पाकिस्तानका नागरिक रहेका छन्।
धरपकड सँगसँगै ‘ब्याक फर गुड’ नामक ५ महिने आममाफी कार्यक्रम पनि सञ्चालन भइरहेको छ। जस अन्तर्गत ७ सय रिंगेट जरिवाना तिरि हवाई टिकट आफै काटेर नेपाल फर्कन सक्छन्।
आममाफी बारे थप जान्न यी लेख पढ्नुहोस्:
मलेसिया सरकारले ल्यायो ५ महिने आममाफी कार्यक्रम, अवैधानिक कामदार जरिवाना तिरेर फर्किन पाउने
मलेसिया आममाफीबारेमा मलेसियाको नेपाली राजदूतावासले निकालेको महत्त्वपूर्ण सूचना
मलेसिया आममाफीमा को सहभागी हुन पाउने, को नपाउने?
मलेसियाको आममाफीमा सहभागी हुन चाहनेले जान्नैपर्ने दूतावासको केही सम्पर्क नम्बरहरू
समयसमयमा आममाफी कार्यक्रम सञ्चालन गर्दै अवैधानिक आप्रवासी कामदारलाई घर फर्किने मौका दिँइदै आएको छ। मलेसियामा गैरकानुनी आप्रवासी बस्ने समस्या देशको प्रमुख समस्या मध्येको एक बन्दै गएपछि पछिल्लो समयमा मलेसिया सरकारले यस्ता कामदार माथि कडाइ गर्न थालेको हो।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते