हिरासतमा रहेका विप्लव समूहका नेताद्वारा आत्मसमर्पण, स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता

हिरासतमा रहेका विप्लव समूहका नेताद्वारा आत्मसमर्पण, स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता

biplab

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता हरि कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङमा बिहीबार आत्मसमर्पण गरेका छन् ।

२६ दिनदेखि हिरासतमा रहेका कुँवरले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रहरी वासुदेव पौडेल, नागरिक समाज, पत्रकारहरुको रोहवरमा आत्मसमर्पण गरेका हुन् ।

कुँवरलाई ढोरपाटनको एनसेल टावर आक्रमणलगत्तै संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रशासन कार्यालयमा कुँवरले अब स्वतन्त्र नागरिकको हैसियतमा रहने बताएका छन् ।

उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको बताउँदै अब चन्द समूहको कुनैपनि गतिविधिमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिका–१ स्थायी घर भएका कुँवरले बुर्तिबाङबजारमा फार्मेसी व्यवसाय गर्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds