नेपाल एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका सिधा उडान पुन: सुरू गरेको छ। एक वर्षअघि खरिद गरिएको एयरबसको ए ३३० वाइड बडी जहजबाट उक्त उडान गरेको हो। लामो दूरीको गन्तव्यमा उडान गर्ने भनेर खरिद गरिएका २ वाइड बडी जहाज अहिलेसम्म छोटो दूरीमै सिमित थिए।
जापानको ओसाकामा उडान पुन: सुरू गर्ने अनुमति पाएपछि एयरलाइन्सले गएको असारमै उडान गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै मिति सारेको थियो। एयरलाइन्सको जापान उडान बिहीबारदेखि सुरू भएको छ। आज बिहान २ बजे काठमाडौंबाट जहाज उडेको छ।
पहिलो उडानमा टिकट काटेर यताबाट जाने यात्रु ७४ जना छन्। पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी, सांसद, नेपाल एयरलाइन्सका कर्मचारीसहित कूल १ सय ३४ जना यात्रु बोकेर एयरलाइन्सको वाइड बडी जापान गएको एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिए। एयरलाइन्सले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइड बडीले गन्तव्य नपाउँदा छोटो दूरीमै आधा क्षमतामा उडिरहेका थिए।
जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। पछिल्लो समय एयरलाइन्सले जापानसँगै चीनमा पनि प्रक्रियाअघि बढाएको थियो। एयरलाइन्सले ओसाका उडान हप्तामा ३ पटक गर्ने छ। काठमाडौं-ओसाका उडानको भाडादर एकतर्फी ४० हजार तोकिएको छ। यद्यपी प्रवर्द्धनात्मकमात्र हो।
नेपाल एयरलाइन्सले १३ वर्षदेखिको उडान सन् २००७ मा जापान उडान बन्द गरेको थियो। चीनको सांघाइबाट ओसाकाको कन्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो। त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ।
सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ।नियमित उडान शुरु भएसँगै पर्यटक आगमनमा सुधार हुने नेपाल एयरलाइन्सका सहायक प्रवक्ता मिश्रले दाबी गरे। भिजिट नेपाल २०२० लाई एयरलाइन्सको नियमित व्यावसायिक उडानले सहयोग पुर्यउने उनको भनाइ छ।
‘पहिलो उडानमै ७४ जनाको टिकट बुकिङ भएको छ, आउँदा ४५ जनाको छ। सुरूमा यो भनेको राम्रो हो’ उनले भने। नेपाल जापानबीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्टबाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउँछन्।
सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी