कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Rape jpg

काठमाडौं– काठमाडौंको कलंकीमा १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । दैलेख घर भएकी १७ वर्षीया किशोरीमाथि कलंकीको पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको हो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङको गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ छन् ।

रवीनसँगै धादिङकै ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षी मदन थापामगर पनि बलात्कारमा संलग्न भएको उजुरी परेको छ । मदन अहिले फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।पीडित किशोरी पक्षबाट उजुरी परेपछि प्रहरीले रवीनलाई पक्राउ गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ