फेरि सल्बलाए रक्तचन्दन तस्करी : बौद्धबाट ८३ किलो बरामद

फेरि सल्बलाए रक्तचन्दन तस्करी : बौद्धबाट ८३ किलो बरामद

rakta chandan

१२ भदौ, काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन ।

बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्ध–६, रामहिटीबाट रक्तचन्दन बरामद भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा हिजो साँझ बरामद गरेका हौं ।’ प्रहरी स्रोतका अनुसार, च्याङ्बा लामाको घरको एउटा कोठाबाट रक्तचन्दन बरामद भएको थियो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्याङ्बासहित योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको छ ।

त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि मालिक को हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवैसहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds