पाल्पामा ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु

पाल्पामा ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु

death_

पाल्पा – पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन्।

रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन्। पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन्। उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन्। बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।

अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। बेहोस भएका सातजनाको अवस्था सामान्य रहेको उनको भनाई छ। विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds