संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित मिति भन्दा ६ महिना अघि सके निर्माण कम्पनि सहितका पदाधिकारीलाई रथ यात्रा गराउने उद्घोष गरेका छन्।

हालै पर्यटनमन्त्रीमा नियुक्त भएका मन्त्री भट्टराईले बुधबार निर्माणाधीन अबस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्दै निर्माण कम्पनीलाई निर्धारित मितिभन्दा अघि निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै ६ महिना अघि निर्माण सकेको खण्डमा पोखरामा रथ यात्रा गराउने उद्घोष गरेका हुन्।
विमानस्थल गण्डकी प्रदेशकै पर्यटनको विकासमा महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसंगै यस क्षेत्रको पर्यटन उचाइमा पुग्ने विश्वास व्यक्त गरे । करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र निर्माण सम्पन्न गर्ने गरि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा चाइनिज कम्पनी सिएएमसीले लिएको होे ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य हालसम्म करिब ४५ प्रतिशत सम्पन्न भएको सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । यसैबिच पर्यटन मन्त्री भट्टराईले पोखराको फेवातालको अवस्था बारेमा जानकारी लिन अवलोकन समेत गरेका छन्।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो